काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

8.48K
shares

एनएमबी बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्धनिर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबी बैंकले छुटको लागि सहकार्य गरेको हो । बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।