global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंकले सञ्चालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’

गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैंकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन आइपीओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्थाअनुसार त्यसलाई आवश्यक पर्ने सि-आस्बा सुविधा दिनका लागि बैंकले यो खाता सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार वैदेशिक रोजगारमा रहने नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सि-आस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न सक्नेछन् । हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटीएम एवं विभिन्न डिजिटल बैंकिङ सुविधाहरु जस्तै : डीजी बटुवा, डेबिट/क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ र अनलाइन खातामार्फत सरल र सुरक्षित सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु