global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

मुक्तिनाथ विकास बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

मुक्तिनाथ विकास बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौमा सम्पन्न ‘दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’अन्तर्गत बैंक उक्त अवार्डबाट सम्मानित भएकाे हाे ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड विभिन्न विधामा प्रदान गरेकाे थियो । दक्षिण एसिया देशहरबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई संस्थाको मूल्यांकन समितिले छनोट गरेकोमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले पनि यो सम्मान प्राप्त गरेको हाे ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने पोखरेलले बताए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु