गृहपृष्ठ एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
नेकपा एकीकृत समाजवादी पार्टीले पनि नेता चयन गर्नका लागि आज संसदीय दलको बैठक बोलाएको छ ।
बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने श्रम मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुवँरले जानकारी दिए । अरुले दलको नेतामा दाबी नगरेकाले अध्यक्ष माधव नेपाल सर्वसम्मत दलको नेता चयन हुने उनले बताए ।
समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सांसद निर्वाचित भएका छन् ।
प्रकाशित समय : १०:१४ बजे


















