काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झलनाथले हाले सर्वोच्चमा मुद्दा, पुन: मतदानको माग

6.51K
shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा हालेका छन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा इलामा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले पुन मतदानको माग गर्दै मंगलबार सर्वोच्चमा मुद्दा हालेका हुन् । गठबन्धनका उम्मेदवारका रुपमा उनले २३ हजार ८९ मत पाउँदा एमालेका बस्नेतले २५ हजार ७५३ मत ल्याएर चुनाव जितेका छन् ।

खनालले मतगणनादेखि नै धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गर्ने बताउँदै आएका छन् । खनालले केही मतदान केन्द्रमा भने पुनः मतगणना हुनुपर्ने माग दाबी निवेदनमा गरेका छन् ।

खसेको भन्दा बढी मत मतपेटिका भेटिँदा पनि निर्वाचन आयोगले मान्यता दिएर आफूलाई हराएको उनको जिकिर छ ।