भिभोद्वारा रक्तदान कार्यक्रम आयोजना
वि.सं.२०७९ मंसिर २७ मंगलवार १६:१६
shares

भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा सोमबार बसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको छ । उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकलगायत सहभागी थिए ।
कार्यक्रममार्फत रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको भिभोले जनाएको छ । शिविरमा ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो ।
एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा समुदायका लागि सो शिविर आयोजना गर्न पाउँदा गर्व लागेको भिभो नेपालका सिइओ माइकलले बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तिकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो । हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरुप्रति आभारी छौं । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।’


























