काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘सत्ता सौदावाजीका लागि ल्याइएको अध्यादेश अनैतिक’

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विवेकशील साझाको आग्रह

6.72K
shares

विवेकशील साझा पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सोैदावाजीका लागि अध्यादेश ल्याईनु अनैतिक र असंवैधानिक भएको जनाएको छ ।

काम चलाउ सरकारले सत्ता सोैदावाजीको कलुषित मनशाय राखेर दुरगामी असर पार्ने अध्यादेश ल्याएको भन्दै विवेकशील साझाले आपत्ति जनाएको हो । ‘नयाँ सरकार बन्ने प्रकृयाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन हो, सरकारको यो कदम संवैधानिक, कानुनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक छ’ पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदम कानुनी शासनको धज्जी उडाउने र लोकतन्त्रलाई अझ कमजोर बनाउने प्रपञ्च हो, यसप्रति हामी गम्भीर चिन्तित छोैं ।’

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरि सत्ता साैदावाजी गर्न ल्याइने अध्यादेशले विधिको शासनलाई लत्याउँदै प्रणालीमै प्रहार गर्ने यस अघिका पटक-पटकको प्रयासलाई थप मलजल गरेको विवेकशील साझाको बुझाइ छ ।

सरकारले वर्तमान संसदको कार्यकाल सकिएको र नयाँ सभा गठन नभइसकेको संक्रमणकालीन अवस्थामा दुरगामी असर पार्ने सामरिक महत्वको विधेयक ल्याएर नयाँ संसदको क्षेत्राधिकारसमेत मिचेको विवेकशील साझाको ठहर छ ।

विवेकशील साझाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी पीडितहरुको समस्या सम्बोधन गर्न र अध्यादेश फिर्ता लिएर लोकतन्त्रको साख बचाउन सरकारलाई आग्रहसमेत गरेको छ ।