global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ समानुपातिक सांसदकाे सूची आज ४ बजेभित्र बुझाइसक्नु पर्ने, दलहरू छलफलमा

समानुपातिक सांसदकाे सूची आज ४ बजेभित्र बुझाइसक्नु पर्ने, दलहरू छलफलमा

समानुपातिक सांसदकाे सूची आज ४ बजेभित्र बुझाइसक्नु पर्ने, दलहरू छलफलमा

दलहरूले समानुपातिक सांसदहरूको नाम आज अपरान्ह ४ बजेसम्म निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ ।

आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई पाएको सिट संख्या, क्लस्टरअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र यसअघि नै पठाएको छ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार, प्रतिनिधिसभामा सात वटा दलले थ्रेसहोल्ड कटाएका छन् । जसमा एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टी छन् ।

समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएको छ । समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पठाउनुपर्नेछ । दलहरूले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ ।

आजै नाम बुझाइसक्नु पर्ने भएकाले दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यसअघिका बैठकमार्फत समानुपातिक सांसदहरूकाे नाम टुंगाे लगाउन नसकेका दलहरू आज नाम टुंग्याइसक्नु पर्नेछ ।

प्रकाशित समय : १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु