काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल रेमिटको सीईओमा सागर खनाल नियुक्त

10.12K
shares

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स क्षेत्रमा ७ बर्षभन्दा बढी समयको अनुभव छ ।

बिजनेस, रणनीति र योजना तथा मार्केटिङ र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स क्षेत्रमा स्थापित नाम हो । खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले डिजिटल रेमिट्यान्समा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स भित्राउँदै आएको छ ।

पदभार ग्रहण गर्दै सीईओ खनालले धेरै कुरा डिजिटल रुपमा भइरहेकाले सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्ने बताए । ‘रेमिट्यान्ससमेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो,’ उनले भने ।

नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खातामा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । यस रेमिटले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।