गृहपृष्ठ ‘विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड’बाट जीभी अनलाइन हेल्थ केयर सम्मानित

‘विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड’बाट जीभी अनलाइन हेल्थ केयर सम्मानित

‘विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड’बाट जीभी अनलाइन हेल्थ केयर सम्मानित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जीभी अनलाइन हेल्थ केयर सम्मानित भएको छ ।

घर-घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जीभी अनलाइन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो ।

नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ कन्फरेन्स समारोहमा सोही अवार्ड प्रदान गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन आयोजना भएको उक्त कन्फरेन्समा ५० हजार राशिको उक्त अवार्ड हेल्थ एट होभका तर्फबाट प्रदान गरिएको थियो ।

सोही सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबई लगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरू तथा नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल हेल्थका क्षेत्रमा जीभी नेपालले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

हेल्थ एट होमले यसअघि नाइटिंगल नर्सिङ अवार्ड २०२२ बाट वरिष्ठ नर्स बिमला श्रेष्ठलाई अवार्ड प्रदान गरेको थियो । कम्पनीले आगामी दिनमा पनि स्वास्थय क्षेत्रमा विशेष योगदान दिने, स्वास्थ्य क्षेत्रलाई प्रवर्द्धन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान तथा अवार्ड प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

जीभी नेपाल स्वास्थ्य सेवाको लागि समर्पित नेपालको पहिलो ई-कमर्स प्लेट फर्म हो । यसमा विभिन्न किसिमका भेराइटीहरु उपलब्ध छन् । आभूषण कंसाकार संस्थापक रहेको यस कम्पनीमार्फत दैनिक एक हजार भन्दा बढी फार्मेसी सामाग्रीहरु डेलिभरि हुँदै आएका छन् । कम्पनीले प्रविधि मार्फत स्वास्थ्य क्षेत्रलाई प्रविधिमार्फत अप्टिमाइज गर्ने, समाधानहरू लागू गर्ने र जनतामा किफायती, गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ ।

हेल्थ एट होमले घर-घरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ ।

हाल हेल्थ एट होममार्फत करिब एक लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु