गृहपृष्ठ नामिबियाविरुद्ध टस जितेकाे नेपालले फिल्डिङ रोज्यो

नामिबियाविरुद्ध टस जितेकाे नेपालले फिल्डिङ रोज्यो

नामिबियाविरुद्ध टस जितेकाे नेपालले फिल्डिङ रोज्यो

‘आइसीसी विश्वकप लिग-२’को त्रिदेशीय सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । पाहुना टोली नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल र नामिबिया तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजाविहीन भएको छ । यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो ।

यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाँडेको छ । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागिता रहेको छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु