गृहपृष्ठ भूमि प्रशासन कार्यालय तनहुँद्वारा ३६ करोड ४८ लाख राजस्व सङ्कलन

भूमि प्रशासन कार्यालय तनहुँद्वारा ३६ करोड ४८ लाख राजस्व सङ्कलन

भूमि प्रशासन कार्यालय तनहुँद्वारा ३६ करोड ४८ लाख राजस्व सङ्कलन

तनहुँ । भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो ।

भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयले रजिष्ट्रेसन दस्तुरबापत मात्रै १७ करोड १५ लाख २८ हजार ८५४ सङ्कलन गरेको उनले जानकारी दिए । त्यस्तै पुँजीगत लाभकरबापत १३ करोड ४२ लाख ८४ हजार ४९९ र अन्य राजस्व शीर्षकबाट ५९ लाख पाँच हजार १४८ सङ्कलन भएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ९३६ वटा लिखत पारित भएका छन् ।

यस अवधिमा ९८७ वटा नामसारी, ३८४ वटा संशोधन, १८७ वटा दाखिला खारेज र ३५ वटा छुट दर्ताको काम सम्पन्न भएको प्रमुख पौडेलले बताए ।

जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।

त्यस्तै, जग्गा तथा सम्पत्ति कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभकरबाट पनि ठूलो राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको छ ।

 

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु