काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मंसिर २२ बाट किम्फ, ३० मुलुकका ६० फिल्म प्रदर्शन हुँदै

11.68K
shares

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औं संस्करण आगामी मंसिर २२ देखि सुरु हुने भएको छ ।

भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शनमा सहभागी हुन निर्देशक झा नेपाल आउन लागेका छन् । फिल्ममा उनको अभिनय समेत छ । फिल्म प्रदर्शनपछि सहभागीसँग अन्तरक्रियासमेत गर्ने उनको कार्यक्रम छ । आयोजक संस्था हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ संस्करणको मूल नारा राख्दै महोत्सव आयोजना गर्न लगिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन् । यसपटक भौतिक रुपमा महोत्सव आयोजना गर्न पाउँदा उत्साहित छौं । फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा सामूहिक छलफलसमेत हुँदैछ,’ निर्देशक लिम्बूले भनिन्, ‘किम्फमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गर्दैछौं । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा २० भन्दाबढी अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।’

यही मंसिर २६ गतेसम्म आयोजना हुने महोत्सव सुरुआत ‘बाघको बंगारा’बाट हुँदैछ । मह सिकारीको कथा पेस गर्ने फिल्म प्रिमियर गर्न पाउँदा उत्साहित रहेको निर्माता विद्या चापागाइँले जानकारी दिइन् । उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भिरमा चढेर गर्ने मह सिकारको कथा फिल्मले पेस गर्छ । गैरआख्यान श्रेणीको यो फिल्मले मह सिकारका लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहेनतलाई चित्रण गर्छ ।

अष्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’बाट समापन हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना लीले किम्फमा जुरीको भूमिका निर्वाह गर्नेछन् । सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकहरुको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’मार्फत ५० हजार पाउनेछ ।