काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा सामान्य गिरावट, ९६ करोडमा खुम्चियो कारोबार

8.21K
shares

मंगलबार पनि सेयर बजार परिसूचक नेप्से घटेकाे छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो ।

आज कारोबार रकममा समेत घटेकाे छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो ।

आज जीवन बिमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचकबाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले कमाएका छन् भने एनएमबी बैंक लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाउन पुगेका छन् ।

आज सर्वाधिक आज शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख, रिडी हाइड्रोपावरको ५ करोड २ लाख, नबिल बैंकको ४ करोड ८१ लाख र एनआइसी एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।