काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घाममा सुकाइन्छ महत्वपूर्ण कागजपत्र (फोटोफिचर)

11.38K
shares

आँगनभर किताबै किताब । केही धमिराले खाएको अवस्थामा । केही पानीले भिजेर टुक्रा टुक्रा परेर अवशेष मात्र । यी कागजात सामान्यखालका भने होइनन् । नेपालको इतिहास बोकेका महत्वपूर्ण दस्तावेज आजभोली केशर पुस्तकालयको आगनमा दिनभर सुकाइन्छ । अनि बोरामा पोको पारेर राखिन्छ । बोरामा पोको पारेर राख्दा पानीले भिजेर बिग्रिसकेका कागजात केशर पुस्तकालयले दिनभर घाममा सुकाउन थालेको हो ।

केशर पुस्तकालय पुनर्निर्माणको ठेक्का जेटसीजी आई जेभी निर्माण कम्पनीले पाएको छ । ऐतिहासिक, पुरातात्विक, राजनीतिक, धार्मिकलगायत करिब ६० हजार पुस्तक भएको केशर पुस्तकालय ऐतिहासक हो  । २०७२ सालको भूकम्पले केशर पुस्तकालय रहेको भवनमा क्षति पुगेपछि अझै पुनर्निर्माणको काम हुन सकेको छैन । जसले गर्दा त्यहाँभित्र रहेका पुस्तकहरु जोखिममा परेका हुन् ।

‘युनेस्कोको मेमोरी अफ द वर्ल्ड रजिष्टर’ मा सूचीकृत दुईमध्ये एक पुस्तक केशर पुस्तकालयमा राखिएका छन् । युनेस्कोले सन् २०१३मा केशर पुस्तकालयको ‘सुश्रुतासंहिता’ र राष्ट्रिय अभिलेखालयमा रहेको ‘निश्वासतत्वसंहिता’ लाई सूचीकृत गरेको थियो । दुवै पुस्तक नवाैं शताब्दीका हुन् । ३४ रोपनी क्षेत्रफल सहितको पुस्तकालय सन् १८९५ मा चन्द्र शमशेरले छोरा केशर शमशेरलाई युरोपियन शैलीमा बनाइदिएका थिए ।

यस पुस्तकालयमा हाल पुरातात्विक सामग्रीसहित हस्तलिखित ग्रन्थहरू समेत छन् । युनेस्कोले सूचीकृत गरेको सुश्रुसंहितासहित हस्तलिखित ग्रन्थहरू ६७५ थान, एक थान किताबी फर्मको क्याटलगसहित अहिलेसम्म वर्गीकृत नभएका केही हस्तलिखित ग्रन्थहरू समेत छन् ।