गृहपृष्ठ १० बुँदे माग राख्दै नाडाद्वारा आन्दोलन घाेषणा

१० बुँदे माग राख्दै नाडाद्वारा आन्दोलन घाेषणा

१० बुँदे माग राख्दै नाडाद्वारा आन्दोलन घाेषणा

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सवारीसाधनमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आन्दोलनमा उत्रिएको छ । नाडाले १० बुँदे माग राखेर आन्दोलनको घोषणासमेत गरेको छ ।

सरकारले ८ महिनादेखि कार, जीप, भ्यानजस्ता निजी सवारीसाधनमा लगाएको प्रतिबन्ध खुला गर्न दबाब दिन आन्दोलन गर्नु परेको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । लामो समयदेखि लगाएको प्रतिबन्धका कारण व्यवसाय धराशायी हुन थालेको नाडाले जनाएको छ । ८ महिनादेखिको आयात प्रतिबन्धका कारण हालसम्म ५६ वटा शो रुम बन्द भएको र अन्य केही शो रुम पनि बन्द हुने अवस्थामा पुगेको नाडाले जनाएको छ ।

कार, जीप, भ्यान तथा १५० सीसीमाथिका दुईपांग्रे सवारीसाधनमा लगाएको प्रतिबन्ध खोल्नुपर्ने, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्थगित गर्नुपर्नेलगायत माग नाडाको छ ।

शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतीतपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा फर्काउनुपर्ने, हायर पर्चेज कर्जामा जोखिम भारलाई ७५ प्रतिशत कायम गर्नुपर्ने, सीडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, पुर्नकर्जा नवीकरण गर्ने म्याद एक वर्ष थप गर्नुपर्नेजस्ता माग रोखर आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार नाडाले तयार पारेको नारा सबै व्यवसायीहरूले फेसबुक, इन्स्टाग्राम र ट्विटरमा प्रोफाइल पिक्चर बनाउने, नारा गाडीमा टासेर हिँड्ने, नारालाई ब्यानर बनाएर सोरुममा टास्नेलगायतका कार्यक्रम पहिलो चरणका लागि घोषणा गरेको छ ।

मंसिर २२ गते माइतीघर मण्डला ११ देखि २ बजेसम्म धर्ना दिने नाडाले जनाएको छ । घोषित आन्दोलनमा आफ्नो माग पूरा नभए २२ गतपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने आन्दोलन समितिका संयोजक सुनील रिजालले बताएका छन् ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु