काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्मार्टच्वाइस टेक्नोलोजिज र सुलभ पेबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

13.99K
shares

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सुलभ पे (एन क्यास वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सुलभ पेका प्रबन्धनिर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरे ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय सुलभ पे (एन क्यास वालेट)बीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतापछि सुलभ पे (एन क्यास वालेट) प्रयोगकर्ताले सुलभ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन् भने सुलभ पेमार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीले जनाएको छ ।