गृहपृष्ठ सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँ बढ्यो
सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँ बढ्यो

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतिताेला ४० रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : ११:३१ बजे