गृहपृष्ठ निस्ट परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार सहयोग
निस्ट परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार सहयोग
काठमाडौँ-भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।
बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शैक्षिक संस्था निस्टले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाएको छ ।
निस्टले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, राहत वितरण तथा सुरक्षित पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संस्थाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्य, विभिन्न संघसंस्था तथा आम नागरिक सबै मिलेर सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।
प्रकाशित समय : १७:३२ बजे


















