गृहपृष्ठ स्रोत नखुलेको नगदसहित पक्राउ
स्रोत नखुलेको नगदसहित पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन् । प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १८:४५ बजे


















