गृहपृष्ठ एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । सुनजस्तो पहेँलो धातु देखाई एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो । करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियु्क्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन् ।

यसैबीच,स्रोत नखुलेको रु १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् । स्कुटरमा केशरमहलतर्फ गइरहेका उनलाई शङ्का लागेर खानतलास गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु