गृहपृष्ठ कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
झापा । कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो । सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्े ।
काठमाडौँस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण आवश्यकताको पहिचान गरी कन्काइ नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताए । उपकरणका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १९:२८ बजे


















