गृहपृष्ठ गैरआवसीय नेपाली संघ बेलायतको प्रवक्तामा शशांक शर्मा
गैरआवसीय नेपाली संघ बेलायतको प्रवक्तामा शशांक शर्मा

गैरआवासीय नेपाली संघ बेलायतको प्रवक्तामा शशांक शर्मा नियुक्त भएका छन् । नोभेम्वर २० मा संघको बेलायत कार्यसमिति बैठकले रिक्त रहेको प्रवक्ता पदमा शर्मालाई जिम्मेवारी दिएको हो ।
अध्यक्ष सुनील बाबु खड्काको अध्यक्षतामा बसेको पूर्ण बैठकले कार्यसमितिको कोषाध्यक्षसमेत रहेका शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
कार्यसमितिको बैठकले गैरआवासीय नेपाली संघ बेलायतका आगामी कार्यहरुको योजनासमेत तय गरेको छ । जसअनुसार गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतीको बारेमा परिवर्तित नेपाली कानुन र गैरआवासीय नेपालीहरुको हक र अधिकारको बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया गर्ने भएको छ ।
नेपाल बार एशोसिएशनका अध्यक्ष र कानुनविद्हरुलाई प्रमुख वक्ता बनाई अन्तरक्रिया गरिने संघका प्रवक्ता शर्माले जानकारी दिए । अन्तरक्रिया कार्यक्रमको संयोजकका रुपमा उपाध्यक्ष नारायणदत्त कंडेललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गैरआवासीय नेपाली संघ बेलायतका सन्दर्भमा जनमानसमा पारिएको भ्रम र हल्लाको चिरफार गर्न सुसुचित कार्यक्रम पनि गरिने भएको छ । बैठकले महत्वपूर्ण निर्णय गर्दै नेपालमा एक मोबाइल ब्लड बैंकको लागि एम्बुलेन्स खरिद गर्न छिटै नै एक च्यारिटी साँझको आयोजना गर्ने पनि तय भएको छ । यसको संयोजनको जिम्मा अध्यक्ष खड्कालाई नै दिइएको छ ।
प्रकाशित समय : ११:३१ बजे