गृहपृष्ठ एमालेका कुसियैतलाई हराउँदै सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

एमालेका कुसियैतलाई हराउँदै सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

एमालेका कुसियैतलाई हराउँदै सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन्।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन्।

कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी -४ बाट चुनाव लडेर निर्वाचित भए।

त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु