गृहपृष्ठ नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताको सहभागिता थियो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भई बिमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा ब्यवसायिक बनाउँदै उनीहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति रहेकाे बताए । साेही नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको उनकाे भनाइ थियाे ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले बिमा ऎन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि संक्षिप्त रुपमा प्रकश पारेका थिए । कम्पनीका मार्केटिङ बिभाग प्रमुख विवेश शर्माले सहभागी अभिकर्ताहरुलाइ बिमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा उत्कृष्ट ब्यबसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मान गरे ।
प्रकाशित समय : २०:२३ बजे