global ime bank Long Banner Ad

गृहपृष्ठ हेराल्ड कलेजको दीक्षान्त समारोह : ३९६ जनालाई दीक्षान्तको प्रमाणपत्र

हेराल्ड कलेजको दीक्षान्त समारोह : ३९६ जनालाई दीक्षान्तको प्रमाणपत्र

हेराल्ड कलेजको दीक्षान्त समारोह : ३९६ जनालाई दीक्षान्तको प्रमाणपत्र

हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक ( ग्रयाजुएट) तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये ३६१ जना विद्यार्थी बीएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् ।

ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ ।

त्यसैगरी हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबीए अध्ययन गर्न समेत छात्रवृत्तिको व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु