सूर्य नेपालकाे टोफिचो तड्का लिची चकलेट बजारमा
वि.सं.२०७९ मंसिर ११ आइतवार १३:२०
shares

सूर्य नेपालले टोफिचो तड्का लिची चकलेट बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचोअन्तर्गत चकलेट बजारमा ल्याएकाे हाे ।
तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएकाे छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । टोफिचो तड्का लिचीको बिक्री मूल्य प्रतिगोटा २ रुपैयाँ ५० पैसा ताेकिएकाे छ ।
टोफिचो तड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टोफिचो तड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् ।
हाल टोफिचोअन्तर्गत फ्रुटी फन, फ्रुटी डिलाइट, डुवोज, क्रिमी ल्याक्टो, तड्का (आँप तथा पाइनएप्पल), चटपटे फन तथा कफिटिनो बजारमा उपलब्ध छन् ।

























