global ime bank Long Banner Ad

गृहपृष्ठ एनसेलले थाल्यो ई-सिम वितरण

एनसेलले थाल्यो ई-सिम वितरण

एनसेलले थाल्यो ई-सिम वितरण

एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई-सिममा अपग्रेड गर्नसक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ०९) देखि आफ्ना ग्राहकहरुलाई ई-सिम वितरण गर्न थालेको घोषणा गरेको हो ।

यससँगै ग्राहकले ई-सिम चल्ने मोबाइलमा ई-सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन् । ई-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ ।

यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई-सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई-सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्दछ । ई-सिम सुचारु गर्नुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन ।

ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पूरा गरी ई-सिम लिन सक्छन् ।

ई-सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई-सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई-सिम चल्ने/नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास०६ह्यास डालय गर्न सक्छन् । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआइडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलले ई-सिम सपाेर्ट गर्छ ।

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवैमाझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई-सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई-सिमको सुविधा रहेको छ । त्यसैगरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई-सिमको चल्ने सुविधा रहेको हुन्छ ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहमा एक भन्दा बढी ई-सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ । ई-सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङगसमा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यो कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।

प्रकाशित समय : १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु