गृहपृष्ठ नेशनल लाइफको अभिकर्ता सम्मान तथा विक्रय कला प्रशिक्षण कार्यक्रम

नेशनल लाइफको अभिकर्ता सम्मान तथा विक्रय कला प्रशिक्षण कार्यक्रम

नेशनल लाइफको अभिकर्ता सम्मान तथा विक्रय कला प्रशिक्षण कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आवद्ध करिब ३०० जना अभिकर्ताको सहभागिता थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध भइ बिमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी सक्षम र व्यवसायिक बनाउँदै लैजाने नीतिअनुरुप कम्पनीले विभिन्न कार्यक्रम आयाेजना गर्दै आइरहेको बताए ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बिमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरे ।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु