गृहपृष्ठ सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवमा १२ कार्यक्रम
सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवमा १२ कार्यक्रम

सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सिभिल बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोह बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको दिनमा गरेको छ । बार्षिकोत्सवलगत्तै नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल ६ स्थानका ट्याम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने बैंकले जनाएको छ ।
जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताएका थिए ।
बैंकले जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन, याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ, देशभरीका ३६ स्थानमा रक्तदान कार्यक्रम, जेहेन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रमहरु र वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । त्यस्तै कात्तिक नाच, नेपाल बाल संगठन, निःसहाय सहयोग परिषद, राष्ट्रिय आविस्कार केन्द्र र अपांगता संरक्षण नेपाललाई आर्थिक सहयोग तथा बेगनाशतालमा लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले ९५.२३ अर्ब निक्षेप संकलन गरी करिब ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५वर्ष/१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ ।
बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १६:१७ बजे