global ime bank Long Banner Ad

गृहपृष्ठ टेस्लाले चीनबाट करिब १३ हजार गाडी फिर्ता गर्ने

टेस्लाले चीनबाट करिब १३ हजार गाडी फिर्ता गर्ने

टेस्लाले चीनबाट करिब १३ हजार गाडी फिर्ता गर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२ हजार ८६३ मोडल-३ का गाडी फिर्ता गर्न थालेको छ ।

फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २ हजार ७३६ आयातित सवारी साधन र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १० हजार १२७ समावेश छन् ।

फिर्ता लिइएका सवारी साधनहरूमा बिक्रीपछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पंक्तिकाे सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको बताइएको छ । सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु