काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ विकास बैंकले कफी व्यवसाय गर्न विना धितो ऋण दिने

8.53K
shares

मुक्तिनाथ विकास बैंक र पुतलीसडकस्थित कफी सोलुसनबीच एक सम्झौता भएको छ । बैंक र कफी सोलुसनबीच कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरुलाई व्यवसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौताअनुसार कफी सोलुसनले व्यक्तिहरु छनोट गरी तालिम प्रदान गरेपछि स:शुल्क कफी मेसिन उपलब्ध गराउनेछ । जसमा बैंकले कफी मेसिन किन्नको लागि ५० प्रतिशत सम्मको लागत विना धितो ऋण स्वरुप उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ ।

यस समझौताबाट साना वर्गका व्यवसायीहरुको दैनिक जीविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रममार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिहरुलाई प्राथमिकतामा राखी घर-घरमा कर्जा वचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ ।

कफी सोलुसनले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने, आयातसम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जीविकोपार्जनमा कठिन भएका व्यक्तिहरुलाई कफी व्यवसायसम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको छ ।