global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फाले माग्याे मुख्य प्रशिक्षकका लागि दरखास्त

एन्फाले माग्याे मुख्य प्रशिक्षकका लागि दरखास्त

एन्फाले माग्याे मुख्य प्रशिक्षकका लागि दरखास्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

एन्फाले बिहीबार प्रो लाइसेन्स प्राप्त एक मुख्य प्रशिक्षकसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो । यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ । नेपालले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेल कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तान विरुद्धको मैत्रीपूर्ण कार्यबाहक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।

सूचना :

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु