global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानको सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल मुनीर नियुक्त

पाकिस्तानको सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल मुनीर नियुक्त

पाकिस्तानको सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल मुनीर नियुक्त

लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस)को रूपमा नियुक्त भएका छन् ।

गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो । ‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्,’ पाकिस्तानी सूचनामन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् ।

सो निर्णयको बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको छ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु