global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरू मौन

नयाँ सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरू मौन

नयाँ सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरू मौन

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ८३ सिटको परिणाम आइसकेको छ । मतगणना भएका एक सय ६२ मध्ये ७८ को आइसकेको छ । तीन निर्वाचन क्षेत्रमा मतगणना नै हुन सकेको छैन ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने स्पष्ट देखिइसकेको छ । त्यसैले समानुपातिक मतगणना भई सिट बाँडफाँड नभएसम्म नयाँ सरकारको स्वरूपबारे अनुमान गर्न निकै कठिन छ । त्यही भएर होला अहिलेसम्म प्रमुख वा विपक्षमा रहेका कुनै पनि दलले नयाँ सरकारको भविष्यबारे केही बोलेका छैनन् ।

बिहीबार निर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र बुझ्न झापा पुगेका एमाले अध्यक्ष केपी ओलीले समेत नयाँ सरकारबारे केही बोल्न मानेनन् । बरु उनले वर्तमान सरकारकै आलोचना गरे । निर्वाचन शान्तिपूर्ण नगराएको, धाँधली गरेको, बुथ क्याप्चर गराएको भन्दै सरकारको आलोचना गरे । निर्वाचनमा जनताले नयाँ शक्तिलाई रोज्नुबारे उनी गम्भीर देखिएनन् । बरु मिडियाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको, त्यसले केही फरक नपार्ने दाबी गरे ।

रौतहट १ बाट चुनाव जितेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नयाँ सरकारको भविष्यबारे अहिलेसम्म केही नसोचेको बताए । चुनाव जितिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा पार्टीले ल्याएको नतिजाबारे समीक्षा गर्ने भन्दै उनले अब बन्ने सरकार बारे अहिले केही नबोल्ने बताए ।

नेपाली कांग्रेसका शीर्ष नेता पनि नयाँ सरकार गठनको विषयलाई लिएर मौन छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही अभिव्यक्ति दिएका छैनन् । बरु कांग्रेस महामन्त्री गगन थापाले चुनाव जितेलगत्तै कांग्रेस संसदीय दलको नेतामा चुनाव लडेर प्रधानमन्त्रीको दाबी गर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अझै सार्वजनिक भएका छैनन् । निर्वाचनको दिन मतदान गरेपछि उनी घरमै आराम गरेर बसेका छन् । उनी उम्मेदवार बनेको गोरखा २ मा अझै मतगणना जारी रहेको र पार्टीले अपेक्षित सफलता प्राप्त नगरेकाले पनि उनी बाहिर खुल्न चाहिरहेका छैनन् ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु