गृहपृष्ठ टेलिकमकाे ‘विश्वकप फुटबल प्याकेज’मा १२ जीबी डाटा निशुल्क
टेलिकमकाे ‘विश्वकप फुटबल प्याकेज’मा १२ जीबी डाटा निशुल्क
नेपाल टेलिकमले एनटीटीभी ग्राहकका लागि विश्वकप फुटबल प्याकेज ल्याएको छ । मंसिर ४ गतेदेखि हुने विश्वकप हेर्न आफ्ना ग्राहकका लागि प्याकेज उपलब्ध गराउन लागेको टेलकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
अहिले विश्वकप हेर्न निर्धारित कर सहितको शुल्क ५६५ रुपैयाँ छ । एनटीटीभीका ग्राहकले कम्पनीको ग्राहक सेवा केन्द्रमा नगएर घरबाटै उक्त प्याकेज खरिद गर्न सक्ने टेलिकमले जनाएको छ । प्याकेज खरिद गर्न हिमालयन एचडी टेलिभिजन च्यानलमा गएर ‘बाई प्याकेज’मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसमा आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ ।
नम्बर हालेपछि टेलिकमले पठाएको ओटीपीको प्रयोग गरी प्याकेज गरिद गर्न सकिनेछ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिनेछ । उक्त प्याकेज खरिद गर्न प्रयोग भएको नम्बरमा कम्पनीको तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटासमेत निशुल्क उपलब्ध गराइने प्रवक्ता अधिकारीले बताए ।
ग्राहकले उक्त प्याकेज लिन ५६५ रुपैयाँ नजिकैको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिने जनाएको छ ।
प्रकाशित समय : १४:२९ बजे



















