global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु

चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु

चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु

एनसेलका ग्राहकले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ ।

आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले करसहित मात्र रु ४८ मा २४ घन्टा अर्थात् १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्छन । त्यस्तै मात्र रु २९ मा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२६ह्यास डायल गरि यो प्याक लिन सक्छन् ।

त्यस्तैगरी भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र रु २६५ मा सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स३ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र रु ९५ मा सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स६ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु