global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

साविकको विजेता त्रिुभवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार आर्मीले प्रस्तुत गरेको एक सय ८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको थियो । एपीएफका भुवन कार्कीले ८२ बलमा चार चौका र एक छक्का मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले ३४ रन जोडे । आर्मीका जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी र विक्रम सोबले समान एक विकेट लिए ।

आर्मीले गत संस्करणमा एपीएफलाई पनि हराउँदै उपाधि जितेको थियो । यसअघि टस हारेर ब्याटिङका लागि आएको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल खडा गरेको थियो ।

आर्मीका रोहित पौडेलले ५६ बलमा तीन चौका मद्दतमा ४९ रन जोडे । त्यस्तै जितेन्द्र मुखियाले २५ बलमा तीन चौका मद्दतमा अविजित २४ रन जोडे भने सुशन भारीले २५ बलमा दुई चौका मद्दतमा १९ रन जोडे । एपीएफका मौसम ढकाल र अमरसिंह रौटेलाले समान तीन तथा किशोर महतोले दुई विकेट लिए ।

विजेता एपीएफले उपाधिसहित १० लाख र उपविजेता आर्मीले पाँच लाख नगद पुरस्कार पाउनेछ ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु