global ime bank Long Banner Ad

गृहपृष्ठ ३६ कम्पनीको १५ अर्बबराबरको आइपीओ पाइपलाइनमा

३६ कम्पनीको १५ अर्बबराबरको आइपीओ पाइपलाइनमा

३६ कम्पनीको १५ अर्बबराबरको आइपीओ पाइपलाइनमा

सेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ । धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।

सरकारको सहजीकरण एवं नयाँ कानुनी प्रावधानका कारण साधारण सेयर (आइपीओ) बिक्री गर्न चाहने कम्पनीको संख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको संख्या मात्र हेर्ने हो भने साधारण सेयर बिक्री गर्न चाहने ३६ कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने सेयरको परिमाण मात्र १५ अर्ब नौ करोड सात लाख १८ हजार रुपैयाँ बराबरको छ ।

साधारण सेयर बिक्री गर्न लागेका कम्पनीमध्ये २६ कम्पनी जलविद्युत क्षेत्रका छन् । नेपाल स्टक एक्सचेन्जमा जलविद्युत क्षेत्रका कम्पनीको संख्या झन्डै चार दर्जनबराबर पुगेको छ । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण सेयर बिक्री गर्न चाहने कम्पनीको संख्यामा वृद्धि हुनु पनि स्वाभाविक नै छ ।

मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायत जलविद्युत् कम्पनीले साधारण सेयर बिक्री गर्ने तयारी गरेका हुन् ।

यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, ट्रेड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण सेयर बिक्रीको तयारी गरेका छन् ।

बोर्डका अनुसार बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण सेयर बिक्रीको प्रतीक्षामा छन् । चालु आवको हालसम्म मात्र बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार रुपैयाँबराबरको सेयर बिक्रीको अनुमति पाइसकेको छ । तीमध्ये केही कम्पनीले साधारण सेयर बिक्री गरिसकेका छन् ।

पछिल्लोपटक मात्र पिपल्स हाइड्रोपावर कम्पनीको साधारण सेयर बिक्री सुरु गरिएको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि तीन अर्ब २० करोड रुपैयाँबराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।

प्रकाशित समय : १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु