गृहपृष्ठ चाँदीको मूल्य बढ्यो, सुनको स्थिर
चाँदीको मूल्य बढ्यो, सुनको स्थिर

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।
प्रकाशित समय : ११:४० बजे