nmb bank

गृहपृष्ठ एलजीले ल्यायो वर्ल्डकप लक्षित यूक्यु सेरिजकाे यूएचडी टीभी

एलजीले ल्यायो वर्ल्डकप लक्षित यूक्यु सेरिजकाे यूएचडी टीभी

एलजीले ल्यायो वर्ल्डकप लक्षित यूक्यु सेरिजकाे यूएचडी टीभी

एलजी ब्राण्डको आधिकारिक विक्रेता सीजी इम्पेक्सले वर्ल्डकपलाई लक्षित गरी यूक्यु सिरिजको यूएचडी टीभी नेपाली बजारमा ल्याएको छ ।

एलजीले यूएचडी टीभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्चर ८६ इन्चको टीभी नेपाली बजारमा ल्याएको हो । यूएचडी टीभी श्रेणीमा नेपालकै नम्बर एक टीभी ब्राण्डमा आफूलाई स्थापना गरेको कम्पनीले नयाँ मोडेलको टिभीहरू नेपालमा ल्याएको बताएको छ ।

यस टीभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपीएस प्यानल फोर के, एचजीआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआइ ब्राइटनेस, एआइ साउण्ड, एचडीआर टेक्नोलोजी (एचडीआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसी) स्पोर्टस अलट जस्ता थुप्रै विशेषता रहेको छ ।

यसका साथै, यस टीभीले एलजी थिङक्यु एआई टेक्नोलोजी रहेको छ, जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ । एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरू पनि रहेको कम्पनीले जनाएको छ ।

एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आइफोनबाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्नुका साथै गुगल असिस्टेनको मद्दतले आफ्नो टीभीलाई आफ्नो आवाजले नियन्त्रण गर्न सकिने कम्पनीले बताएको छ ।

एलजीका सबै साइजका टीभी सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु