काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बोटको दुई नयाँ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक हुँदै

5.42K
shares

इम्याजिन मार्केटिङले भारतको नम्बर एक वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड) ‘बोट’ चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ । कम्पनीले बोटअन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याउने जनाएको हो ।

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको उल्लेख गरेको छ ।

स्क्वायर डायल भएको वेभ प्राे ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यसकाे डिस्प्लेले गुणस्तरिय पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्यकाे अनुभव प्रदान गर्दछ । यसको नवीनतम बाेट चार्ज एस्यपले टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअपले मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्दछ ।

वेभ प्राे ४७मा भएको आइपी ६७ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध वेभ प्राे ४७ को मूल्य ६ हजार ४९९ रुपैयाँ रहेको छ ।

कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sport स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् जसले तपाईंको निद्राको गतिविधिदेखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्रयाक गर्दछ ।

छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १००+ फेस अप्सन छन् जसले तपाईंको भाइबलाई तपाईंको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्सटेन्ड स्पाेर्ट नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रूपैयाँ मूल्यमा उपलब्ध छ ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड- रकर्ज ३३० र रकर्ज २५५ प्राे प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै दयल सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध छन् । बजारमा यसको मूल्य ३ हजार ३९९ रूपैयाँदेखि ३ हजार ४९९ रूपैयाँ रहेको छ ।

नेपालमा स्मार्टवाचको उच्च मागले गर्दा बोटको स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम भएको टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जालानले बताए ।