एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको इन्ट्री
वि.सं.२०८३ असोज २२ बिहीवार १३:४३
shares

काठमाडौं । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बसेको हो ।
बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको छ । एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सुहभागी भएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो । वरिष्ठ नेताको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो ।
राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् । ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन् ।
























