बझाङको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प
वि.सं.२०७९ कात्तिक १३ आइतवार १२:०१
shares

बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।
























