गृहपृष्ठ च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियाे बार्सिलोना

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियाे बार्सिलोना

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियाे बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो ।

बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो । खेलको दशौं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा चुपो मोटिङले गोल गर्दा बायर्नको अग्रता २-० को बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जामिन पाभर्डले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।

यस जितसँगै बायर्नले ५ खेलमा १५ अंक जोडेको छ । बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ । बायर्नले यस अघि नै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट इन्टर मिलानले पनि नकआउट चरणमा स्थान बनाएको छ ।

प्रकाशित समय : ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु