काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फराकिलाे जित निकाल्दै पीएसजी अन्तिम १६ मा

9.53K
shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणअन्तर्गत मंगलबार राति मक्काबी हाइफालाई ७-२ गोल अन्तरले हराउँदै पीएसजीले नकआउट चरणमा स्थान बनाएकाे हाे ।

पीएसजीको फराकिलो जितमा लियोनल मेस्सी र केलियन एमबाप्पेले दुई/दुई गोल गरे । खेलको १९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ३२औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३५औं मिनेटमा नेयमारले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो । ३८औं मिनेटमा अब्दुलाए सिकले गोल गर्दै हाइफालाई ३-१ को स्थितिमा ल्याए । खेलको ४४औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४-१ ले अघि रह्यो ।

५०औं मिनेटमा अब्दुलाएले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफालाई ४-२ को स्थितिमा ल्याए । खेलको ६४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-२ को अग्रता दिलाए । खेलको ६७औं मिनेटमा सिङ गोल्डबर्गले आत्मघाती गोल गरेपछि पीएसजी ६-२ ले अघि रह्यो । त्यसपछि खेलको ८४औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पीएसजीलाई ७-२ को जित दिलाए ।

याे जितसँगै समूह ‘एच’ को पीएसजीले ५ खेलमा ११ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । हाइफा ३ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा रहँदै बेन्फिका पनि नकआउट चरणमा पुगेको छ ।