nmb bank

गृहपृष्ठ विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण

विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण

विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण

आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटना ।

अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानुन

सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्याट्रिअट एक्ट’ लागु गरेका थिए । सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीबिरुद्ध लड्न अमेरिकामा थप अधिकार दिइएको थियो ।

जम्मु र कश्मिरलाई अधिनमा लिने सम्झौता

सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंहले ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ मा हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि काश्मिर भारतको अधिनमा रहने र त्यसको बदलामा भारतीय सेनाले राजाको रक्षा गर्ने उल्लेख थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिको हत्या

सन् १९७९ मा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हिको हत्या भएको थियो । हिलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए । उनलाई आजीवन काराबासको सजाय तोकिएको थियो ।

लंगुरको मुटु बालिकामा प्रत्यारोपण

सन् १९८४ मा अमेरिकाकी बालिका बेबे फेईमा लंगुरको मुटु प्रत्यारोप भएको थियो । १४ अक्टोबरमा जन्मिएकी ती बालिका जन्मिदै मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन् । शल्यक्रिया सफल भए पनि बालिकाको शरीरले प्रत्यारोपण गरेको मुटु शल्यक्रिया गर्दा केही सातापछि उनको मृत्यु भएको थियो ।

फुटबल संघ गठन

सन् १८६३ मा विश्वकै पुरानो फुटबल निकाय लन्डनमा स्थापना गरिएको थियो । यसको स्थापनासँगै फुटबल खेलाबारे नयाँ नियम बनाउन थालियाे ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु