टी-२० विश्वकप क्रिकेट : आयोजक अष्ट्रेलियाको पहिलो जित
वि.सं.२०७९ कात्तिक ९ बुधवार ०७:४१
shares

टी-२० विश्वकप क्रिकेटमा आयोजक अष्ट्रेलियाले पहिलो जित निकालेको छ । सुपर १२ अन्तर्गतको मंगलबार भएकाे खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले तियोगितामा पहिलो जित निकालेको हो ।
श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले २१ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पूरा गर्याे । यसअघि, टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
श्रीलंकाका लागि पथुम निशंकाले ४५ बलमा ४० रन बनाएका थिए । चरिथा असलंकाले २५ बलमा अविजित ३८ रन बनाउँदा ३ चौका र २ छक्का प्रहार गरेका थिए । धनन्जय डि सिल्भाले २३ बलमा ३ चौकाको सहयोगमा २६ रन बनाएका थिए । चमिका करुणारत्नेले ७ बलमा अविजित १४ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्स ,जोस हेजलउड, मिचेल स्टार्क, एस्टन अगर र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिएका थिए ।
यस जितसँगै अष्ट्रेलिया लिगको चौथो स्थानमा उक्लिएको छ । पहिलो खेलमा अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनको अन्तरले पराजित भएकाे थियो ।

























