गृहपृष्ठ यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय : ०७:३४ बजे



















