global ime bank Long Banner Ad

गृहपृष्ठ सीमा सहजीकरणका लागि सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

सीमा सहजीकरणका लागि सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

सीमा सहजीकरणका लागि सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

काठमाडौँ । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर इन्टरयाक्सन टिम (सीमा संवाद समूह) परिचालन गरिएको छ ।

झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा १४ जनाको टोली आजदेखि परिचालन गरिएको हो । सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमासुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आज रुपन्देहीको डण्डास्थित सीमासुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गरे । सो क्रममा उनले सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत जानकारी लिएको छन् । सो टोलीले विशेषगरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाको सहजीकरण, मावनबेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तुलगायत सामग्रीको निगरानी, नियन्त्रण तथा जाँचमा कडाइका साथ काम गर्नेछ ।

टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम, नियन्त्रणलगायत अन्य ‘अप्रेसनल’ कामकारबाहीमा समेत सहयोग पुग्ने सशस्त्रको विश्वास छ ।

आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिले टोली परिचालनको शुभारम्भ गरेका छन् । मुख्य सीमा नाकामा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म सादा पोसाकमा रहने छन् ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु